बिक्रमले गाए ‘प्रसाद’ को तेस्रो गीत



मंसिर २१ मा आउने दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ को तेस्रो गीत रेकर्ड गरिएको छ । बिहीवार काठमाडौंको नक्सालमा अवस्थित एक स्टुडियोमा चलचित्रको ‘बरै क्यारी बाँचौला…’ गीत रेकर्ड गरिएको हो । गीतमा बिक्रम बरालले स्वर भरेका छन् ।

बिक्रम ‘नेपाल आइडल सिजन- २’ का उत्कृष्ट ७ प्रतिस्पर्धी मध्येका एक हुन् । केही दिन अगाडि आइडलको मञ्चमा नै पुगेर निर्देशक राउत र निर्माता सुवास थापाले उनलाई चलचित्रको गीत अफर गरेका थिए । रेकर्ड गरिएको गीतमा संगीतकार सुवास भुषालको शब्द तथा संगीत रहेको छ ।


निर्देशक राउतले उक्त गीत चलचित्रमा प्लेब्याक म्यूजिकको रुपमा प्रयोग गरिने बताए । ‘हाम्रो टिमले यो गीत पहिले नै कम्पोज गरेको थियो तर प्लेब्याकमा प्रयोग हुने भएकोले चलचित्र रिलिजको संघारमा गीत रेकर्ड गरिएको हो’, उनले भने । उनले उक्त गीत चलचित्रमा मात्र हेर्न पाइने पनि जानकारी दिए ।

चलचित्र रिलिज भएपछि गीत युट्युबमा ल्याउने तयारीमा निर्माण टिम छ । ‘प्रसाद’ का निर्माता थापाले आइडलका प्रतिस्पर्धी बराललाई एउटा प्रोफेसनल गायक बराबर पारिश्रमिक दिएको बताए । गीत रेकर्ड गर्नुअघि उनलाई निर्माताले पारिश्रमिक पनि हस्तान्तरण गरेका थिए ।

निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा चलचित्रले बोल्छ । रंग पत्रकार सुशील पौडेलको कथा रहेको चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu