किशोर र पृथ्वीको ‘डोली’ ट्रेलर सार्वजनिक (भिडियो)



मंसिर २८ गते प्रदर्शनमा आउने चलचित्र ‘डोली’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा लभ, एक्सन, कमेडीको समिश्रण देखिन्छ । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र सामाजिक बिषयमा निर्माण भएको बताइएको छ ।


किरण नेपालीले निर्माण गरको चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउँवाला गौतमलगायतका कलाकारले अभिनय छ ।

सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको ‘डोली’ लाई जयराम थापाले खिचेका हुन् । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रमा शंकर महर्जनको द्वन्द्व निर्देशन र कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका छन् ।

ट्रेलर हेर्नुहोस् :- 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu