आकाश र आश्माको ‘ड्रिम गर्ल’ हलमा



अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरी स्टारर चलचित्र ‘ड्रिम गर्ल’ शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । गीतसंगीत र ट्रेलरका कारण यो चलचित्र दर्शकमाझ प्रतिक्षीत थियो । यसका निर्देशक ऋषिराज आचार्य हुन् ।

चलचित्रमा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् ।

आरबि मुभीजको ब्यानरमा बनेको चलचित्रको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल छन । काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको यस चलचित्रको सह-निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ ।

राहुल राईले खिचेको चलचित्रमा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ । चलचित्र नवीन निरौलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu