अली र मौसमसँग रोमान्टिक दीपशिखा



माघ २५ बाट प्रदर्शनमा आउन लागेको नायिका दीपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमलीला’ को चार पोस्टर सार्वजनिक भएका छन् । पोस्टरमा चलचित्रका तीन मुख्य पात्र दीपशिखा र अलिसँगै मौसम खड्का फिचर्ड छन् ।

चारैवटा पोस्टरमा नायिका खड्का दुवै नायकसँग रोमान्टिक मूडमा देखिएकी छिन् । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रको फर्स्टलुक र पहिलो गीत ‘जाने क्या हुवा ए’ सार्वजनिक भइसकेको छ ।

जनक पाण्डे निर्देशित चलचित्रलाई पबन गौतमले खिचेका हुन् । चलचित्रमा चन्दन दत्त र सालिक दुलालको सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको पनि यसमा अभिनय छ ।

नायिका दीपशिखाकै कथा तथा लेखन रहेको चलचित्रलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu