‘समर लभ’ टिजर रिलिज, सुहायो आशिष र रेवतीको केमेस्ट्री ?



माघ २५ बाट प्रदर्शनमा आउने सुबिन भट्टराईद्वारा लिखित चर्चित पुस्तक ‘समर लभ’ माथि निर्माण भएको चलचित्र ‘समर लभ’ को अफिसियल टिजर रिलिज भएको छ । सार्वजनिक टिजरले अतित र सायाको प्रेम र विछोडको कथा वाचन गरेको छ ।

चलचित्रमा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री प्रमुख भूमिकामा छन् । चलचित्रबाट आशिष र रेवतीले डेब्यु गरेका हुन् । आशिष ‘अतित’ र रेवती ‘साया’ को भूमिकामा छन् । ‘नाइँ नभन्नू ल ३’ फेम्ड निर्देशक मुस्कान ढकालले चलचित्रको निर्देशन गरेका हुन् ।


निर्देशक ढकाल भन्छन्, ‘किताबको हाइप पूरा गर्न पनि चलचित्रमा धेरै मेहनत गरेका छौं । अब हामी दर्शकलाई अपेक्षा गरे अनुरुपको फिल्म पस्कन तयार छौं ।’ सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् ।

चलचित्रको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

स्वपन सरकार र मनोज बिक सह-निर्माता रहेको चलचित्रमा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । चलचित्रमा पुष्पन प्रधानको संगीत रहेको छ भने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । ‘समर लभ’ को सम्पादक अर्जुन जिसी रहेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu