पहिलो ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ सुरु



राजधानीमा पहिलो ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ सुरु भएको छ । शुक्रवार राष्ट्रिय सभा गृहमा शताब्दीपुरुष सत्यमोहन जोशीले फेस्टिभलको औपचारिक उद्घाटन गरेका छन् ।

शनिबारबाट नेपाल पर्यटन बोर्डको सभा हलमा हुने फेस्टिभलमा २० बढी देशबाट ५ विधाका लागि ४ सय बढी फिल्म सहभागी हुन आएको आयोजक संस्थाले जानकारी दिएको छ ।

फेस्टिभलमा बेस्ट वमन फिल्म, बेस्ट चाइल्ड फिल्म, बेस्ट डकुमेन्ट्री फिल्म, बेस्ट फिचर फिल्म र बेस्ट सर्ट फिल्म विधामा छनौट भएका फिल्म प्रदर्शन हुनेछन् ।

बेस्ट वमन फिल्ममा आठ, बेस्ट चाइल्ड फिल्ममा पाँच, बेस्ट डकुमेन्ट्री फिल्ममा चार, बेस्ट फिचर फिल्ममा चार र बेस्ट सर्ट फिल्म विधामा सात नेपाली तथा विदेशी फिल्म उक्त फेस्टिभलमा सहभागी छन् । २३ अगटबाट सुरु भएको फेस्टिभल २६ अगस्टसम्म चल्नेछ ।

५ विधामा प्रदर्शनका लागि छनौट भएका फिल्म नेपाल, अमेरिका, चीन, बंगलादेश, अष्ट्रेलिया, जापान, भारत, श्रीलंका, फ्रान्सलगायतका देशका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu