कमेडीले भरिएको ‘सुश्री सम्पत्ति’ को ट्रेलर (भिडियो)



मंसिर २८ गतेबाट प्रदर्शनमा आउन लागेको सुव्रत आचार्य निर्देशित चलचित्र ‘सुश्री सम्पत्ति’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा दुई युवाको धनाड्य सुश्रीलाई प्रेममा फसाएर सम्पत्ति कमाउन गर्ने संघर्ष देखाइएको छ । ट्रेलर कमेडीले भरिपूर्ण छ ।


सलोन बस्नेत, विनोद पौडेल र सारा सिर्पाली प्रमुख भूमिका रहेको चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारहरुको अभिनय छ । यसमा अभिनेत्री प्रियंका कार्की विशेष भूमिकामा छिन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

अभिमन्यू ‘निरवी’ र निर्देशक आचार्यको डाइलग रहेको चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । ‘हुकुम बक्सियोस्…’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्रलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu