सकियो करण–अजयको दुस्मनी



निर्माता तथा निर्देशक करण जौहर र अभिनेता अजय देवगणको पुरानो दुस्मनी सकिएको छ । हालै अजय पत्नी काजोलका साथ करणको सो ‘कफी विथ करण’मा उपस्थित भएका थिए । अजय, करणको प्रोडक्सन हाउसको चलचित्र ‘सिम्बा’ मा समेत देखिनेछन् ।

भारतीय मिडियाका अनुसार पुरानो विवाद साम्य बनाउने पहल करणबाट नै भएको थियो । करण, अजय देवगणको घरमै गएर उनलाई भेटेका थिए । दुईलाई मिलाउन काजोलले पुलको काम गरेकी थिइन् । अजयले खेल्न लागेको ‘सिम्बा’ को निर्देशन अजयका मिल्ने साथी रोहित शेट्टीले गर्दैछन् ।

यी दुईले करिब १० फिल्ममा सँगै काम गरेका छन् । ‘सिम्बा’ मा रणवीर सिंह र साराअली खान मुख्य भूमिकामा रहेका छन् । अजय भने ‘सिंघम’ को ब्रान्डका रूपमा छोटो समयका लागि देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu