२३ लाखको ‘विर विक्रम २’ गीतमा बर्षासँग पल र नाजिरको रोमान्स



मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘विर विक्रम २’ को हाल मनाङ र मुस्ताङका रमणीय स्थानमा धमाधम छायांकन भैरहेको छ । अहिले चलचित्रको एक गीतको छायांकन भइरहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीलाई फिचर्ड गरिएको छ ।

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण हुने चलचित्रमा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् । सुटिङ सेटबाट निर्माण टिमले केही अचल तश्बिरहरु सार्वजनिक गरेको छ । प्राप्त तश्बिरमा अभिनेत्री बर्षा सिवाकोटलाई अभिनेता द्वय पल र नाजिर हुसेनको अँगालोमा देख्न सकिन्छ ।

उक्त गीत खिच्न करीब २३ लाख खर्च हुने निर्देशक चाम्सले बताएका छन् । हाल छायांकन भइरहेको गीतमा रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द छ । रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर छ ।

‘विर विक्रम २’मा पुर्ण रुपमा नयाँ कथामा निर्माण भैरहेकाले यो चलचित्र ‘विर विक्रम’ को सिक्वेल नभएको निर्माण युनिटले जनाएको छ । चलचित्रमा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीका अलवा, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’ मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu