आमा बनिन् युना उप्रेती, अमेरिकामा दिइन् छोरीलाई जन्म



दर्जन बढी चलचित्रमा अभिनय गरेकी अभिनेत्री युना उप्रेती आमा बनेकी छन् । उनले गएको २१ नोभेम्बर अर्थात् मंसिर ५ गते छोरीलाई अमेरिकामा जन्म दिएकी हुन् । उनले छोरीको नाम ‘सायरा’ राखेकी छन् । फेसबुकमार्फत उनले परिवारमा नयाँ सदस्यको आगमनले निकै भाग्मानी महसुस गरिरहेको बताएकी छन् ।


पाँच वर्ष अघि एक सांस्कृतिक कार्यक्रमका लागि भन्दै अमेरिका उडेकी युना, अमेरिका उड्नु पूर्व नै नेपाल नफर्कने चाँजोपाँजो मिलाएर गएकी थिइन् । त्यसबेला उनको अमेरिकामा बायोकेमेस्ट्री विषयमा पिएचडी गरिरहेका विकास अधिकारीसँग प्रेम थियो ।

युनाले अमेरिका पुगेको ४/५ महिनामा नै विकाससँग कोर्टम्यारिज गरेकी थिइन् । खास नाम यमुना उप्रेती भए पनि उनी चलचित्र क्षेत्रमा युना नामले चर्चित छिन् । अमेरिका जानुअगाडि उनले ‘प्रितीको फूल’ चलचित्रमा काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu