आँचलको सिउँदो भर्न चाहन्छन् पल (भिडियो)



राजेश केसी र टिका प्रसाइको स्वरमा रहेको ‘जे पनि हुन्छ सक्छ मायामा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राज प्रताप केसीको शब्द र संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

भिडियोमा चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको छ । गम्भीर बिस्टको कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।

भिडियोलाई निर्देशक विकास सुबेदीले निर्देशन गरेका हुन् । लामो समयदेखि अस्ट्रेलियाको सिड्नी बस्दै आएका गायक राजेश केसीको करिब १ दर्जन गीतहरु सार्वजनिक भइसकेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu