बन्ने भयो ‘आरुसी’



कलाकार तथा निर्देशक उदय सुब्बाले एक करोडको लागतमा चलचित्र ‘आरुसी’ निर्माण गर्ने भएका छन् । गणपति फिल्मस्का लागि उदय आफैंले फिल्म निर्देशन गर्दैछन् । फिल्मको छायांकन यही मंसिर १५ गतेबाट सुरु हुँदैछ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको यस फिल्ममा इशक राईले हिरोको रुपमा डेव्यु गर्दैछन् । साहारा प्रधान, बिरु गुरुङ र केशव कुमार श्रेष्ठको संयुक्त लगानीमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्मको सम्पूर्ण छायांकन ४० दिनमा सक्ने तयारी रहेको निर्देशक सुब्बाले बताए ।

यो फिल्मको झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र सङ्खुवासभा लगायतका स्थानमा छायांकन गरिनेछ । फिल्ममा इशक राई, रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, दमन रुपाखेतीलगायतका कलाकारको अभिनय रहनेछ । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहने यस फिल्मलाई विक्रम डिसीले खिच्नेछन् ।

यसमा बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्वन्द्व तथा विकास चौधरी र तारा प्रकाश लिम्बुको संगीत रहनेछ । कमल राई र दिनेश पाख्रिनको नृत्य निर्देशन रहने फिल्मको गीतमा राजेश पायल राई, दिपक लिम्बु, सुशन लिम्बु र सुम्निमा इङ्नामको स्वर सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu