‘भैरव’ को सिक्वेल बनाउँदै निखिल



अभिनेता निखिल उप्रेती आफ्नो जबरजस्त कमब्याक चलचित्र ‘भैरव’ को सिक्वेल बनाउने तयारीमा जुटेका छन् । उनले उक्त चलचित्रको सिक्वेल निर्माण गर्ने रिलिजको समयमा नै घोषणा गरेका थिए । तर, कथावस्तु सोचेअनुसार नभेटेको भन्दै उनले सिक्वेलका लागि हतार नगरेको बताएका थिए ।

अहिले उनी स्वयं कथा तयार पार्दैछन् । यो चलचित्रको सिक्वेलमा भने उनी आफैं अभिनय गर्ने मूडमा छैनन् । नयाँ अभिनेता लञ्च गर्ने उनको सोच रहेको स्रोत बताउँछ । चलचित्रको निर्देशन भने उनी स्वयंले गर्न सक्ने जानकारी प्राप्त छ ।

फागुनबाट सुटिङ सुरु हुने चलचित्रले राजधानीभित्रको क्राइम बोल्ने बताइएको छ । निखिल अहिले स्क्रिप्टलाई अन्तिम रुप दिन व्यस्त छन् । एक्सन चलचित्रमा निकै रुचाएका उनको यस वर्षको पुष २७ गते नयाँ चलचित्र ‘भिलेन’ रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu