विपिन भन्छन्, ‘‘प्रसाद’ जस्ता फिल्म अझै गर्न मन छ’’



भर्सटायल अभिनेता हुन् विपिन कार्की । उनको लिड रोल रहेका चलचित्र बक्सअफिसमा खासै सफल नभए पनि हरेक चलचित्रमा निभाउने चरित्रले उनलाई आम अभिनेताभन्दा अलग बनाएको छ । यही मंसिर २१ गते उनी अभिनीत नयाँ चलचित्र ‘प्रसाद’ प्रदर्शनमा आउँदैछ । यसमा उनले एक गाउँले दलित र निःसन्तान पुरुषको भूमिका निभाएका छन् ।

उनको अपोजिटमा अभिनेत्री नम्रता श्रेष्ठ छिन् । दिनेश राउतले चलचित्र निर्देशन गरेका हुन् भने निश्चल बस्नेत पनि प्रमुख भूमिकामा छन् । ‘प्रसाद’ मा निभाएको भूमिकाबाट आफू सन्तुष्ट रहेको उनी बताउँछन् । उनले उक्त चलचित्रमा चौथो पटक दलितको भूमिका निभाएको बताए । यसअघि एक नाटकमा पनि दलितको भूमिका निभाएको सम्झन्छन् उनी ।

‘चार पटक दलित भएर फिल्म गरिसकेका कारण एक प्रकारको ‘भावनात्मक अट्याचमेन्ट’ पनि हुँदो रहेछ । मलाई यो क्यारेक्टर गर्न अझै पगेको रहेनछ भन्ने महशुस हुन्छ । अझै धेरै समस्याहरु रहेछन् । अझै धेरै कुराहरु छाडेका रहेछौं भन्ने लाग्छ’, उनले भने । आफूलाई फरक जनराका चलचित्र गरिरहेको लागे पनि दर्शकलाई त्यो महशुस नभएको उनी स्वीकार्छन् ।

आफ्ना पछिल्ला चलचित्रले बक्सअफिसमा अपेक्षाकृत विजनेश गर्न नसकेको भन्न पनि उनलाई गाह्रो लाग्दैन । उनी भन्छन्, ‘हो, मैले १० लाख विजनेश गर्ने चलचित्र मात्र गरिरा’छ । तर, त्यो मेरो कमजोरी हो जस्तो लाग्दैन । मैले काम कस्तो गरें भन्ने चाहिँ महत्वपूर्ण हुन्छ होला जस्तो लाग्छ ।’ चलचित्र सफल वा असफल भन्दा पनि कामको मुल्यांकन हुनु पर्ने तर्क उनको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu