राजनको ‘टाढियौ भने’ सार्वजनिक (भिडियो)



युवा गायक राजन तिमल्सिनाको स्वरमा सजिएको टाढियौ भने बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रिता घिमिरे तिमल्सिनाको शब्द रहेको गीतमा गायक स्वयंले संगीत भरेका छन् । मोहित मुनालको संगीत संयोजन छ ।

अनिल के. मानन्धरको निर्देशन र छायांकन रहेको गीतको भिडियोमा श्याम कार्की र चन्दा पौडेल फिचर्ड छन् । गीतले प्रेम प्रेमिका बीचको प्रेम र विछोडको कथा वाचन गरेको छ । भिडियोमा निर्देशक तथा छायाँकार अनिलको काम तारिफ योग्य देखिन्छ ।

मन्दिप गौतमको स्क्रिप्टमा तयार भएको भिडियोमा अविनास मानन्धरले ड्रोन चलाएका छन् । टाढियौ भने बोलको गीतलाई दर्शक स्रोताले रुचाउनेमा गायक तिमल्सिना विश्वस्त देखिएका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu