‘मेला’ को ‘परिचय पाउँ’ गीतलाई करोड भ्यूज



पछिल्लो समय नेपाली बजारमा लभ लयका गीतको राम्रो डिमान्ड छ । ‘सुर्के थैली खै ?’, ‘गोजीमा दाम छैन’, ‘पहिलो नम्बरमा’, ‘रुपै मोहनी’ गीत यसका उदाहरण हुन् । यो भीडमा गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘मेला’ को लोक फ्लेवरको ‘परिचय पाउँ’ गीत पनि पर्छ ।

यो गीतलाई युट्युबमा रिलिजको एक वर्षमा करोड भ्यूज मिलेको छ । गीतभिडियोमा नायिका पवित्रा आचार्यसँग नायक गजित विष्टले ठुम्का लगाएका छन् भने सलोन बस्नेत र अशिष्मा नकर्मी पनि फिचरिङ छन् । गीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर छ ।

अर्जुन पोखरेलको संगीत रहेको गीतमा दिग्गज धौरालीको शब्द सुन्न सकिन्छ । गीतको कोरियोग्राफर पवित्रा आफैं हुन् । उनी नेपाली चलचित्रकी अभिनेत्री समेत हुन् । यही गीतमार्फत उनले पहिलो पटक कोरियोग्राफीमा हात हालेकी थिइन् ।

चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । नायक आमेश भण्डारीको पनि अभिनय रहेको ‘मेला’ लाई मनोज के मरोडियाले निर्माण गरेका थिए ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu