नम्रता भन्छिन्, ‘अहिले निर्माता कन्टेन्टमा जोखिम उठाउन तयार छन्’



अभिनेत्री नम्रता श्रेष्ठ चलचित्र ‘प्रसाद’ मार्फत लगभग १८ महिनापछि पर्दामा फर्किएकी छिन् । यो चलचित्र यही मंसिर २१ गते प्रदर्शनमा आउँदैछ । यसमा उनले निःसन्तान पत्नीको भूमिका निभाएकी छन् । अब उनी विस्तारै फरक चलचित्र रोज्न थालेकी छन् । प्रदर्शन हुन बाँकी चलचित्र ‘जाइरा’ यसको उदाहरण हो ।

उनी भने आफूलाई पहिलादेखि फरक गर्न मन भएको बताउँछिन् । ‘पहिला हाम्रो चलचित्र इन्डस्ट्री तयार थिएन र फिल्ममेकर्स पनि रिक्स लिन तयार हुनुहुन्न थियो’, उनी विगत सम्झँदै भन्छिन्, ‘केही वर्ष अगाडिसम्म सेल्फ ल्यान्डिङ हुने सोचले निर्माता/निर्देशकहरु कमर्सियल लभस्टोरी चलचित्र मात्र बनाउने गर्दथे ।’ अहिले भने नयाँ निर्माता नयाँ प्रयोग गर्न रुचाउने उनको भनाई छ ।


चलचित्र इन्डस्ट्रीलाई अर्को स्थानमा लैजानु पर्छ भन्ने सोचका मेकर्सहरुको आगमनले विस्तारै फरक टेस्टका चलचित्रहरु निर्माण हुन थालेको उनी बताउँछिन् । ‘पहिला मेकर र अडियन्स नै रेडी थिए वा थिएनन् भन्नेमै कन्फ्यूज थियो । अहिले भने फरक फिल्म बनाउन निर्माता तयार छन् र हेर्न दर्शक,’ उनले भनिन् । उनलाई लाग्छ, अब निर्माता कन्सेप्टमा लगानी गर्न डराउँदैनन् ।

‘राम्रो विषयमा फिल्म बनायो भने चल्छ भन्नेमा अब फिल्ममेकर्स विश्वत छन्, जसले हामीजस्ता कलाकारलाई धेरै सजिलो भएको छ ।’ आफूले गर्न चाहेको फरक भूमिकामध्ये ‘प्रसाद’ मा निभाएको भूमिका एक रहेको उनी बताउँछिन् । यसमा उनको अपोजिटमा अभिनेता विपिन कार्की छन् । दिनेश राउत निर्देशित चलचित्रमा निर्देशक निश्चल बस्नेत पनि प्रमुख भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu