विदेशमा बढ्यो ‘चङ्गा चेट’ को डिमान्ड



गएको कात्तिक १६ गते प्रदर्शनमा आएको चलचित्र ‘चङ्गा चेट’ शुक्रवारबाट पाँचौ हप्तामा प्रदर्शन आरम्भ गर्दैछ । ‘गोजीमा दाम छैन’ गीतले नै हाइप निर्माण गरेको यस चलचित्रको इनिसियल बक्सअफिस ठिकठाक रहे पनि बलियो माउथ पब्लिसिटीले विस्तारै सफलता चुम्न थालेको छ ।

प्रदर्शन भइरहेका सिंगल र मल्टिप्लेस स्कृनमा चलचित्रको व्यापार अझै सुखद छ । निर्माता माधव वाग्लेले चलचित्रको कलेक्सन ३ करोडको हाराहारीमा रहेको बताए । उनका अनुसार, घरेलु बजारबाटै लगानी सुरक्षित गर्ने आँकडा नजिक चलचित्र छ ।

उनी विदेशमा चलचित्रको डिमान्ड हाई भएकोमा पनि दंग छन् । हङकङ, जापान, कोरियामा फिल्मको आधिकारिक राइट्स विक्री भइसकेको छ । अमेरिका र यूरोपमा पनि चलचित्र विक्री भएको उनले बताए ।

निर्देशक दीपेन्द्र के. खनाल निर्देशित चलचित्रमा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, रबिन्द्र झा, सुरक्षा पन्त, परमिता आरएल राणालगायतका कलाकारहरुको अभिनय छ । शर्मिला पाण्डे पनि चलचित्रकी निर्मात्री हुन् । चलचित्रले दाम हुनेको रवाफ र दाम नहुनेको संर्घषको कथा भन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu