‘दि ब्रेकअप’ गीतमा आशिरमान र शिल्पाको रोमान्स (भिडियो)



हेमराज विसी निर्देशित नयाँ चलचित्र ‘दि ब्रेकअप’ को दोस्रो गीत इन्टरनेट रिलिज भएको छ । निर्माण टिमले शुक्रवार दिउँसो ‘हरपल…’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो । विराज गौतमको स्वर र संगीतमा गीत बनेको छ ।

प्रकाश मल्लको शब्द रहेको गीतका एरेञ्जर विशेष पाण्डे हुन् । अभिनेता आशिरमान देशराज जोशी र नव-अभिनेत्री शिल्पा मास्के फिचर्ड गीत अष्ट्रेलियाका विभिन्न मनोरम स्थानमा छायांकन गरिएको हो । गीतमा अभिनेता-अभिनेत्रीले ‘लिपलक’ सिन पनि दिएका छन् । दुईको केमेस्ट्री कमालको देखिएको छ ।

‘दि ब्रेकअप’ लाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो चलचित्रलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक बिसीको नै हो ।

पौष २७ गते रिलिज हुने चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । चलचित्रमा आशिर र शिल्पाका अलावा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu