‘जोगी होना’ गायिकाको गीतको छायांकन नेपालमा



बलिउडकी चर्चित प्लेब्याक सिंगर आकांक्षा शर्माको गीत नेपालमा छायांकन गरिएको छ । उनले एल्बमका लागि गाएको सिंगल ट्रयाकको छायांकन नेपालमा गरिएको हो । उनको गीतमा नेपालकै प्राविधिक र कलाकारले काम गरेका छन् ।

जी म्यूजिक कम्पनीको निर्माण रहेको गीतमा समिम खान र सृष्टि खड्काले अभिनय गरेका छन् । आफ्नो गीतको छायांकनका लागि केही दिनको नेपाल बसाईपछि गायिका शर्मा शुक्रवार स्वदेश फर्किएकी छन् । उनी नेपालको प्राकृतिक सौन्दर्यले मोहनी लगाएको बताउँछिन् ।


‘नेपाल मलार्इ एकदमै मनपर्‍यो ।’ पत्रकारसँग भेटघाट गर्दै उनले भनिन्, ‘नेपालबाट मिठो याद बोकेर जादैछु ।’ उनले दर्जन बढी बलिउड चलचित्रका गीतमा स्वर दिएकी छिन् । ‘तेरे संग यारा’, ‘ढल जाऊं मैं’, ‘नैनो ने बाँधी’, ‘तेरे इश्क में जोगी होना’ लगायतका गीत उनका चर्चित छन् ।

भिडियोमा फिचर्ड मोडल समीमले हिन्दी गीतमा आफूले अभिनय गर्दा पाउँदा खुसी महशुस भएको बताए । सृष्टिले पनि गीतको हिस्सा बन्न पाएको खुसी व्यक्त गरिन् । नेपालमा खिचिएको गीतमा अलगोल फिल्म मुम्बई र ओशो अम्रपाली इन्टरटेनमेन्टले पनि सहकार्य गरेको छ । चाँडै जी म्यूजिकबाट गीत सार्वजनिक हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu