हेमराजको चलचित्रमा निश्चल



निर्देशक हेमराज विसी निर्देशित नयाँ चलचित्र ‘दि ब्रेकअप’ रिलिजको तयारीमा छ । यसपछि उनी अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहलाई लिएर एक चलचित्र बनाउँदैछन्, जसको छायांकन अर्को वर्षबाट हुँदैछ । यसबीच उनले निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई लिएर एक चलचित्र बनाउन लागेको खबर बाहिरिएको छ ।

मंसिर २१ गते रिलिज हुन लागेको चलचित्र ‘प्रसाद’ को प्रचारमा व्यस्त उनले उक्त चलचित्रमा २० लाख पारिश्रमिक बुझेको खबर छ । तर, यो कुरा न निश्चल न त हेमराज नै बताउन चाहन्छन् । दुईबीच मौखिम सहमती भए पनि कागजी सम्झौता भने हुन बाँकी रहेको स्रोत बताउँछ ।

निर्देशक विसी, प्रदीप र साम्राज्ञीको चलचित्र सकेपछि निश्चलसँगको प्रोजेक्ट गर्ने तयारीमा छन् । निश्चललाई २० लाख दिएकै हो ? निर्देशक विसीले यस विषयमा बोल्न उपयूक्त ठानेनन् । भन्छन्, ‘उहाँ स्वयंले आएर मैले यति लिएको छु भन्नुभयो भने राम्रो हुन्छ । मलाई भन्ने अधिकार पनि छैन । पारिश्रमिकको कुरा गोप्य नै राम्रो हुन्छ ।’

प्रदीप र साम्राज्ञीलाई लिएर चलचित्र बनाउन लागेको कुरामा सत्यता रहेको बताए पनि निश्चलसँगको टिमअपको विषयमा भने उनी धेरै खुल्न चाहेनन् । हेमराज भन्छन्, ‘अहिले मेरो पूरै ध्यान ‘दि ब्रेकअप’ मा छ । बाँकी कुरा अहिले गर्न चाहन्नँ । यस विषयमा पछि कुरा गर्नेछु ।’ साम्राज्ञीलाई १५ लाखमा साइन गरेको विषयमा पनि उनले बोल्न आवश्यक ठानेनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu