‘रणवीर’ टिजरमा प्रशान्त र सुशीलको एक्सन



माघ १८ मा रिलिज हुन लागेको चलचित्र ‘रणवीर’ को एक्सनप्याक्ड टिजर सार्वजनिक भएको छ । दुई अभिनेता प्रशान्त ताम्राकार र सुशील सिटौलाको टसन टिजरमा देखाइएको छ । दुवैलाई एंग्री अवतारमा देख्न सकिन्छ ।

यस चलचित्रमा प्रशान्त नेगेटिभ रोलमा छन् । एक्सन जनराको चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ ।


चलचित्रमा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । ‘रणवीर’ मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

करीब दुई करोडको लगानीमा चलचित्र निर्माण भएको बताइएको छ । अभिनेता सुशील फिल्ममा आफूलाई दर्शकले अघिल्ला चलचित्रको सुशील नपाउने दाबी गर्छन् । यस्तै, अभिनेता प्रशान्त चलचित्रले समाजकै कथा भन्ने बताउँछन् ।

टिजर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu