‘जानी नजानी’ को फर्स्टलुक र प्रदर्शन मिति घोषणा



बसन्त अधिकारीको डेब्यु निर्देशन रहेको चलचित्र ‘जानी नजानी’ को फर्स्टलुक र प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले चलचित्रको प्रदर्शन मिति चैत १ गतेलाई लक गरेको छ । सार्वजनिक फर्स्टलुक पोस्टरमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् ।

पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशाले यही चलचित्रबाट डेब्यु गरेकी छन् । चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेमकथामा आधारित भनिएको चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।

चलचित्रमा छायांकन संजय लामाको रहेको छ । यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । चलचित्रमा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी छ । अर्जुन जिसीले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् ।

चलचित्रमा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ । धेरै चलचित्रमा सह-निर्देशक भएर काम गरेका निर्देशक अधिकारी आँखालाई नविझाउने किसिमले चलचित्र तयार पारेको बताउँछन् । अहिलेको पुस्ताले चलचित्रमा आफूलाई रिलेट गर्ने दाबी उनको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu