रणवीर सिंहको ‘सिम्बा’ ट्रेलर रिलिज



बलिउड अभिनेता रणवीर सिंहको नयाँ चलचित्र ‘सिम्बा’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरको सुरुवात अजय देवगनको ‘सिंघम’ को डाइलगबाट हुन्छ । यसपछि इन्ट्री हुन्छ रणवीरको । उनी एक पुलिस अफिसरको भूमिकामा छन् । सारा अली खान उनको अपोजिटमा छिन् । ट्रेलरमा एक्सन, कमेडी, रोमान्स सबै देखिएको छ । सोनी सूद नेगेटिभ रोलमा प्रस्तुत छन् ।


ट्रेलर हेरेपछि एउटा कुरा स्पष्ट हुन्छ कि यो चलचित्रको कहानी अजय देवगनको चलचित्र ‘सिंघम’ सँग जोडिएको छ । सारालाई ट्रेलरमा बढी ‘स्क्रिन स्पेस’ दिइएको छैन । ट्रेलरको अन्तिममा अजय देवगन सिंघम अवतारमा देखिएका छन् । रोहित शेट्टीको निर्देशनमा बनेको चलचित्र ‘सिम्बा’ तेलुगूमा बनेको चलचित्र ‘टेम्पर’ को आधिकारिक हिन्दी रिमेक हो ।

‘सिम्बा’, २८ डिसेम्बरमा रिलिज हुँदैछ । रणवीर र रोहितको यो पहिलो सहकार्य हो । रोहित शेट्टीको पछिल्लो चलचित्र ‘गोलमाल अगेन’ थियो, जुन बक्सअफिसमा सुपरहिट साबित भएको थियो । यस्तै, रणवीर पछिल्लो पटक चलचित्र ‘पद्मावत’ मा देखिएका थिए । ‘सिम्बा’ लाई करण जोहर र रोहितले निर्माण गरेका हुन् ।

ट्रेलर हेर्नुहोस् :- 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu