निरुताले गर्ने भइन् ‘हजार जुनी सम्म’



यस वर्ष प्रदर्शनमा आएको चलचित्र ‘नाइँँ नभन्नू ल ५’ बाट अभिनयमा कमब्याक गरेकी अभिनेत्री निरुता सिंहले एक नयाँ चलचित्र साइन गरेकी छन् । निर्देशक विकासराज आचार्यले निर्देशन गर्ने चलचित्र ‘हजार जुनी सम्म’ मा उनी फाइनल भएको निर्माण टिमले जानकारी दिएको छ ।


निरुतालाई ‘नाइँ नभन्नू ल ५’ बाट विकासले नै कमब्याक गराएका थिए । हाल निरुता मह सञ्चारको चलचित्र ‘दाल भात तरकारी’ गर्न मुम्बईबाट नेपाल आएकी छन् । अझै २ महिना उनी नेपालमा नै रहने बताइएको छ । चलचित्रमा उनी हरिवंश आचार्यको श्रीमतीको भूमिकामा देखिँदैछिन् ।

‘हजार जुनी सम्म’ मा भने उनको भूमिका निर्माण टिमले खुलाएको छैन । ‘नाइँ नभन्नू ल ५’ मा उनले बाल कलाकार अनुभव रेग्मीको आमाको भूमिका निभाएकी थिइन् । ‘हजार जुनी सम्म’ मा स्वस्तिमा खड्का, आर्यन सिग्देल, प्रियंका कार्कीलगायतका कलाकारहरु फाइनल भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu