मनाङको चिसोमा अनमोलसँग खुलेकी सुहाना (फोटोसहित)



अभिनेता अनमोल केसी र अभिनेत्री झरना थापाकी छोरी सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ को अहिले तिव्र गतिमा छायांकन भइरहेको छ । सुहानाको यो डेब्यु चलचित्र हो । अनमोलले पहिलो पटक फिल्मी ब्लडसँग काम गरेका हुन् । चैत २९ मा यो चलचित्र प्रदर्शनमा आउँदैछ ।

हालै मनाङमा फिल्मको दुई गीत खिचेर निर्माण टिम काठमाडौं ‘ब्याक’ भएको हो । प्रतिक अधिकारी र आशिष अविरलको स्वर तथा राहुल शाहको कोरियोग्राफी रहेको गीतमा अनमोल र सुहाना फिचर्ड छन् । गीत छायांकनका केही अचल तश्बिरहरु निर्माण टिमले रिभिल गरेको छ । तश्बिरमा दुईको केमेस्ट्री कमालको देखिएको छ ।


रोमान्टिक अनमोलसँग सुहाना निकै बोल्ड देखिएकी छन् । सार्वजनिक सात तश्बिरले दर्शकमा चलचित्रप्रति अझ उत्सुकता बढाउने देखिएको छ । मनाङमा सुहानाको एक सोलो गीत पनि खिचिएको छ ।

चलचित्रमा अनमोल एक सेलिब्रेटी र सुहाना एक फ्यानको भूमिकामा छन् । यसलाई म्यूजिकल लभस्टोरी बताइएको छ । उक्त चलचित्रलाई निर्देशक झरना थापाले निर्देशन गरेकी छन् ।


सुनिल कुमार थापाले यसलाई निर्माण गरेका छन् । चलचित्रमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu