‘थ्रीडी’ भर्सनमा मिनको ‘झ्याइँ झ्याइँ‘



मिन विष्टको संगीतमा ‘झ्याइँ झ्याइँ‘ बोलको गीत रिलिज भएको छ । धेरै गीतमा स्वर भरिसकेका मिनले यो पटक नयाँ गीतलाई ‘थ्रीडी’ भर्सनमा प्रस्तुत गरेका छन् ।

पछिल्लो समयमा प्रविधिको विकास सँगै ‘थ्रीडी’ फिल्मस्, ‘थ्रीडी’ गेम्सको अत्यधिक माग छ । दृश्यमा मात्रै तेस्रो आयाम हुँदैन,ध्वनिमा पनि तेस्रो आयाम हुन्छ, यो उपयोग संगीतमा गर्दै मिनले ‘थ्री डी’ गीत निकालेका हुन् ।

शब्द जानु काम्बाङ लिम्बु रहेको छ भने एरेन्जर कुमार थापाले गरेका हुन् । नम्रता राई र राम धिमालको स्वरमा रहेको यो गीतमा मिन आफैंले संगीत भरेका छन् ।

गीत सुन्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu