‘गीत गजल’ को सुटिङ प्याकअप



नितिन चन्द निर्देशित नयाँ चलचित्र ‘गीत गजल’ को सुटिङ सकिएको छ । करीब एक महिना लामो छायांकन पश्चात् चलचित्रको इन्डक्ल्याप भएको हो । म्यूजिकल लभस्टोरी बताइएको चलचित्रमा रुप पोखरेल र आरोही सिंह लिड रोलमा छन् ।

दुईले यही फिल्मबाट डेब्यु गरेका हुन् । यसअघि चलचित्रमा अभिनेत्री सारा शिर्पाली अनुबन्ध भएकी थिइन् । तर, छायांकनमा जानु अगावै टिमसँग मनमुटाव भएपछि उनी बाहिरिएकी थिइन् । उनको ठाउँ आरोहीले लिएकी हुन् । आरोहण क्षेत्री यसका निर्माता हुन् ।


रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनालीलगायतको पनि अभिनय रहेको चलचित्रको एक गीत भने खिच्न बाँकी रहेको निर्देशक चन्दले बताए । यस वर्षको अन्त्यसम्ममा प्रदर्शनमा ल्याउने तयारी भइरहेको चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् । चलचित्रका गीतमा अर्जुन पोखरेलको संगीत छ ।

निर्माता क्षेत्रीले चलचित्रलाई स्तरिय बनाउन कुनै कसर बाँकी नराखेको बताएका छन् । चलचित्र उत्कृष्ट बनेको दाबी उनको छ । अञ्जु पन्त र सुगम पोखरेलले चलचित्रका गीतमा आवाज भरेका छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu