नेपाली चलचित्र ‘पासवर्ड’ को गीतमा नाचिन् सन्नी (फोटोसहित)



बलिउड अभिनेत्री सन्नी लियोनले नेपाली चलचित्रको गीतमा नृत्य गरेकी छन् । सम्पुर्ण छायांकन लण्डनमा गरिएको चलचित्र ‘पासवर्ड’ को आइटम गीतमा उनले कम्मर मर्काएकी छन् । उनी फिचर्ड गीतमा मात्र निर्माण टिमले पाँच करोड नेपाली खर्च गरेको छ ।


छायांकन गरिएको चलचित्रको ‘सन्नि हो नाम मेरो…’ बोलको गीतमा सलमान खान, शाहरुख खानलाई नचाइसकेका विष्णुदेभाले कोरियोग्राफी गरेका छन् । अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतको भिडियोमा नृत्य गर्न सन्नी ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् ।


नेपाली चलचित्रमा हालसम्मकै सर्वाधिक बजेटमा निर्माण गरिएको उक्त गीतमा उनलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका थिए । भिडियो छायांकनका केही स्थिर दृश्यहरु निर्माण टिमले सार्वजनिक गरेको छ । दुई करोड भारतीय रुपैयाँ (नेपाली ३ करोड १७ लाखमाथि) मा सन्नीले नेपाली चलचित्रमा नृत्य गर्न तयार भएकी हुन् ।


चलचित्रका निर्देशक सम्राट बस्नेतले ‘पासवर्ड’ को कथा र स्कृनप्लेको माग अनुरुप सन्नीलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताए । २ दर्जन ढबी फिल्ममा द्वन्द्व निर्देशन गरेका सम्राटको यो डेब्यु चलचित्र हो । एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रको प्रदर्शन मिति तय भइसकेको छैन ।


यो चलचित्रलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको चलचित्रमा सौरभ लामाको छायांकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu