‘गरुड पुराण’ को गीतमा नाच्नुस्, ५० हजार जित्नुस्



माघ ४ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘गरुड पुराण’ मा समावेश ‘म त पिरिममा…’ गीतको कभर भिडियो प्रतियोगिता घोषणा गरिएको छ । मदानी क्रियसनको सहकार्यमा घोषणा गरिएको प्रतियोगितामा उत्कृष्ट घोषित हुनेले नगद ५० हजार जित्नेछन् ।

निर्देशक सुबास कोइरालाले एउटा म्यूजिक भिडियो र नृत्य समुहका सदस्यहरुको फोटो सेसनको अवसरलगायतका पुरस्कार प्रदान गरिने बताए । प्रतियोगितामा भाग लिन एकल, युगल वा सामुहिक रुपमा कभर भिडियो बनाएर [email protected] मा पठाउनु पर्नेछ ।


कभर भिडियो प्रतियोगिता घोषणा गरिएको गीतमा कोशिश क्षेत्रीको संगीत छ । यसलाई दिनेश राउतले लेखेका हुन् । गीतमा कोशिश र मनिषा पोखरेलको आवाज रहेको छ । कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छन् । गीतमा निश्चल बस्नेत, कर्मा, प्रियंका सिंह ठकुरी र अन्जली योन्जन फिचर्ड छन् ।

पारिवारिक प्रेमकथामा आधारित ‘गरुड पुराण’ हास्य प्रधान जनरामा तयार भएको निर्देशकले बताएका छन् । नाजिर हुसेन, कर्मा, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटालगायतका कलाकारहरुको चलचित्रमा अभिनय छ ।

गीत हेर्नुहोस् :- 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu