फ्राईडे रिलिजमा ‘प्रसाद’



लै लै गीतका कारण चर्चामा रहेको चलचित्र ‘प्रसाद’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । निर्देशक दिनेश राउत निर्देशित चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत प्रमुख भूमिकामा छन् । यसको कथा पत्रकार सुशील पौडेलले लेखेका हुन् ।

निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा ‘प्रसाद’ ले बोल्छ । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेका हुन् ।

लोकेश बज्रचार्यको सम्पादन रहेको चलचित्रमा विकास सुवेदी सह-निर्देशकका रुपमा छन् । सुवाष भुषालको संगीत रहेको चलचित्रमा हिमाल केसीको थ्रिल छ । सिंगल स्कृनमा एक्लै भए पनि मल्टिप्लेक्समा भने ‘प्रसाद’ सँग भिड्न अन्य दुई विदेशी चलचित्र प्रदर्शनमा आएका छन् ।

प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषाको सिक्कमी चलचित्र ‘पाहुना’ र सुशान्त सिंह राजपुत र सारा अली खानको ‘केदारनाथ’ एकसाथ प्रदर्शनमा आएको छ । उता गएको हप्ता आएको चलचित्र ‘२.०’ को दबदबा अझै कायमै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu