शुभेच्छा र सुपुष्पालाई देखेपछि सुशील ‘तिरिमिरी’



माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रणवीर’ को एक गीत खिच्न निर्माताले लाखौं खर्च गरेका छन् । ‘तिरिमिरी तिरिमिरी तिनतारा’ गीतको छायांकनमा २५ लाख रुपैयाँ खर्च भएको निर्माता दीपेन्द्र रेग्मीले बताएका छन् । हालै गीतको छायांकन राजधानीको नक्सालस्थित बालमन्दिरमा भव्य सेट तयार गरेर ४ दिन लगाएर गरिएको छ ।


संगीतकार राजनराज शिवाकोटीको संगीतमा रहेको गीतमा शब्द र स्वर पनि उनकै रहेको छ । गायनमा राजनलाई गायिका अञ्जु पन्तले साथ दिएकी छन् । गीतमा फिल्मका मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्ट फिचर्ड छन् । यही चलचित्रमार्फत अभिनयमा डेब्यु गरेका शुभेच्छा र सुपुस्पाले नेपाली टिपिकल ड्रेसमा आफूलाई प्रस्तुत गरेका छन् ।


गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । ‘गीतलाई भव्य बनाउन कुनै कसर बाँकी राखेका छैनौं’ नृत्य निर्देशक रामजी भन्छन्, ‘मैले गरेको काममा यसलाई उत्कृष्ट भन्न सक्छु ।’ निर्मात्री गोमा बिस्टले गीतलाई विना सम्झौता तयार गरेको बताइन् । ‘गीतमा हामीले फिल्मझैँ सम्झौता गरेका छैनौं’ उनले भनिन्, ‘गीतमा १५० भन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको छ ।’


चलचित्र ‘रणवीर’ मा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ । फिल्ममा प्रशान्त ताम्राकार, सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu