शनिबार जताततै हाउसफुल ‘प्रसाद’ (भिडियोसहित)



शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’ को इनिसियल बक्सअफिस कलेक्सन आक्रामक रहेको वितरकले बताएका छन् । प्रदर्शनको दुई दिन अगाडि राजधानीमा भएको प्रियिमरमा चलचित्रकर्मीले निर्देशकको काम, कलाकारको अभिनय र संवेदनशिल विषयवस्तुको मुक्तकण्ठले प्रशंसा गरेका थिए । निःसन्तान दाम्पतीको कथा-व्यथा वाचन गरेको चलचित्रलाई अहिले दर्शकले पनि उत्तिकै रुचाएका छन् ।

प्रदर्शनको पहिलो दिन ७५/८० प्रतिशत अकुपेन्सी कायम गरेको चलचित्रको शनिबार लगभग शतप्रतिशत अकुपेन्सी रहेको वितरकको भनाई छ । राजधानी वितरक गोविन्द शाही र मोफसल वितरक मनोज राठीका अनुसार, शुक्रबारभन्दा शनिबार चलचित्रको कलेक्सनमा ठूलो अन्तर देखिएको छ । चिसिँदो मौसमको प्रवाह नगरि बिहानैदेखि हलमा दर्शकको भीड देखिएको वितरक बताउँछन् ।

चलचित्रले दुई दिनमा लगभग एक करोड कलेक्सन गर्ने अनुमान फिल्मी पण्डितहरुको छ । मल्टिप्लेक्स र सिंगल स्कृन जताततै दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माता सुबास थापाले बताए । टिकट अभावका कारण धेरै दर्शक घर फर्किन समेत बाध्य भएको हल सञ्चालकले बताएका छन् । चलचित्र हेरेर निस्किएका अधिकांश दर्शकले कलाकारको अभिनय र कथावस्तुको प्रशंसा गरेका छन् ।


निर्माताले सर्वाधिक शेयर हात पार्ने काठमाण्डौको क्यूएफएक्स चेन अन्र्तगतको ५ वटा हलमा चलचित्रले शनिबार पाएको १६ सोज सबै हाउसफुल भएका छन् । केही सोज भने ‘सोटाइम’ भन्दा केही घण्टा अगाडि नै सोल्डआउट भए । अन्य मल्टिप्लेक्सहरुमा पनि चलचित्र हाउसफुल छ । यो अवस्था सिंगल स्कृनमा पनि देखिएको छ ।

शनिबार मध्यमवर्गिय दर्शकको चाप रहने राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगालगायतका हल ‘सोटाइम’ भन्दा एक घण्टा अगाडि नै हाउसफुल भएका छन् । मोफसलमा पनि यस्तै अवस्था रहेको वितरक राठी बताउँछन् । उनी चलचित्रप्रति दर्शकको क्रेज देखेर अचम्मित छन् । भन्छन्, ‘सुरुवात यस्तो हुन्छ भन्ने कल्पनै गरेका थिएनौं । मोफसलका कुनै हलमा दर्शक अभाव छैन ।’

‘प्रसाद’ ले दर्शकसँगै समीक्षकबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको छ । विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत फिल्मको केन्द्रिय भूमिकामा छन् । फिल्मले अन्तरजातीय विवाह गरेर राजधानी छिरेको एक प्रेमिल जोडीको कथा भन्छ । विपिन र नम्रताको जीवनमा निश्चलको प्रवेशपछि आउने उचारचढावमा चलचित्र केन्द्रित छ । यसका निर्देशक दिनेश राउत हुन् । कथा सुशील पौडेलको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu