‘जे सुकै होस्’ को ट्रेलर सार्वजनिक (भिडियो)



पुष २० गतेबााट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जे सुकै होस्’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कुलतमा फसेका युवाहरुको दैनिकी प्रस्तुत गरिएको छ । दुई अर्थी संवादलाई प्राथमिकता दिइएको ट्रेलरमा इन्टिमेट सिनले पनि ‘स्पेस’ पाएको छ । ट्रेलरले नै चलचित्र एडल्ट बताउँछ ।

उमेश गुरुङको निर्देशन रहेको चलचित्रमा चन्दा ढकाल, किस्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, ए.वी अन्जानलगायतका कलाकारहरुको लिड अभिनय छ । नवराज जंग थापा (जंगे) ले चलचित्र निर्माण गरेका हुन् । चलचित्रले आम मानिसको जीवनमा घटेको घट्ना बोल्ने निर्देशक गुरुङ बताउँछन् ।

चलचित्रमा निर्देशक स्वयं प्रमुख भूमिकामा छन् । सरेश अधिकारी, लक्ष्मण शेष, नवराज जंग थापा र डि.आर अटुको संगीत रहेको चलचित्रका गीतमा राजेश पायल राई, मेलिना राई, मिना निरौला, सुधा रत्न, रुपक श्रेष्ठ र विनोद राईले स्वर भरेका छन् । बनिश शाह र सालिक दुलालले सम्पादन गरेको चलचित्रमा निर्देशकको नै कोरियोग्राफी छ ।

ट्रेलर हेर्नुहोस् :-
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu