बिक्री भयो जापान, दक्षिण कोरिया र युरोपमा ‘सुश्री सम्पत्ति’



मंसिर २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सुश्री सम्पत्ति’ को जापान, दक्षिण कोरिया र युरोपमा प्रदर्शन अधिकार बिक्री भएको छ । अन्य देशमा पनि चलचित्र प्रदर्शनका लागि कुरा भइरहेको निर्माताले बताएका छन् । चलचित्रलाई जापान र कोरियोका लागि सुर्य कर्पोरेसनका बासुदेव लामिछाने र युरोपका लागि सुरज कार्कीले प्रदर्शनको अधिकार लिएका छन् ।

नेपाल रिलिजको केही दिनमा युरोपका विभिन्न सहर तथा जापान र कोरियामा चलचित्र प्रदर्शन हुनेछ । दुई युवाले सुश्री र सम्पत्ति पाउन गर्ने संघर्षमा चलचित्र आधारित छ । यसमा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल लगायतको अभिनय रहेको छ ।

सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा प्रियंका कार्की विशेष भूमिकामा छिन् । रमेश त्वायना फिल्मका प्रस्तुतकर्ता हुन् । कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । चलचित्रलाई उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । चलचित्रलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu