माटो सुहाउँदो ‘प्रसाद’ : धुर्मुस-सुन्तली (भिडियो)



निर्देशक दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ ले यतिबेला घरेलु बजारमा सुखद व्यापार गरिरहेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले दुई दिनमा १ करोड १० लाख ग्रस कलेक्सन गरेको रिपोर्ट प्राप्त छ । चलचित्रकर्मी र समीक्षकले निकै रुचाएको चलचित्रलाई दर्शकले पनि मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

आइतबार साँझ सिभिल मलमा चलचित्र हेरेर निस्कँदै गर्दा सिताराम कट्टेल (धुर्मुस) र कञ्जना घिमिरे (सुन्तली) ले ‘प्रसाद’ सबैले ग्रहण गर्नुपर्ने बताए । सितारामले धेरैपछि एउटा पृथक फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरे । ‘मिठो प्रसाद ग्रहण गरियो’, उनले भने । कुञ्जनाले अभिनेत्री नम्रता श्रेष्ठलाई अहिलेसम्मकै फरक भूमिकामा हेर्न पाएको बताइन् ।

उनले भनिन्, ‘हरेक फिल्ममा उहाँले फरक-फरक भूमिकामा निभाउनु भएको छ । ‘प्रसाद’ मा त धेरै नै फरक छ । उहाँले निकै हार्ड-वर्क गर्नुभएको छ ।’ उनले विपिनलाई ‘एभर ग्रिन एक्टर’ भन्दै तारिफ पनि गर्न भ्याइन् । सामाजिक कथालाई लिएर निर्माण भएका कारण समाजमा बस्ने हरेक व्यक्तिले चलचित्र हेर्नैपर्ने उनको भनाई छ ।

‘चलचित्र एकदमै मौलिक छ । हाम्रो माटो सुहाउँदो छ’, सञ्चारकर्मीसँग कुरा गर्दै सितारामले भने, ‘हाम्रै परिवेशमा हाम्रै घर-आँगनमा घटेको घट्नालाई देखाइएको छ । कथा सरल छ तर दर्शकलाई बाँध्न सफल छ ।’ दर्शक प्रतिक्रिया बुझ्न पुगेकी अभिनेत्री नम्रता, धुर्मुस-सुन्तलीको सकारात्मक प्रतिक्रियाबाट उत्साहित देखिएकी थिइन् ।

निर्देशक राउतले चलचित्रकर्मी, समीक्षक तथा दर्शकबाट पाएको ‘सकारात्मक र उत्साहजनक’ प्रतिक्रियाले आफूमा गहन जिम्मेवारी थपिएको बताए । अन्तरजातीय विवाह गरेर राजधानी छिरेको एक दाम्पतीको जीवनमा सन्तान नहुँदा आउने उचारचढावमा चलचित्र केन्द्रित छ ।

पत्रकार सुशील पौडेलको कथा रहेको चलचित्रमा नम्रताको श्रीमानको भूमिका अभिनेता विपिन कार्कीले निभाएका छन् । अभिनेता निश्चल बस्नेत नेगेटिभ रोलमा छन् । सुवास थापा यसका निर्माता हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu