‘क्याप्टेन’ पोस्टरमा यस्ता देखिए अनमोल



फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अनमोललाई खेलाडी अवतारमा चित्रण गरिएको छ । एक पोस्टरमा हातमा फुटबल लिएर उनी खेल मैदानमा देखिएका छन् ।

अर्को पोस्टरमा जर्सीसहित देखिएका छन् । उनको साथमा अभिनेता द्वय सुनिल थापा र प्रशान्त ताम्राकार पनि फिचर्ड छन् । दुवै पोस्टरमा अनमोललाई एंग्री लुक्समा देख्न सकिन्छ । यस चलचित्रको बिहीवार पहिलो गीत सार्वजनिक हुँदैछ । यस चलचित्रका लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् ।

गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा चलचित्र ‘क्याप्टेन’ ले बोल्छ । यसमा अनमोल, इशानको भूमिकामा छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । चलचित्रमा सरोज खनाल, राजाराम पौडेल, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।

भुवन केसी निर्मित चलचित्रको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । उक्त चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । सुदीप बराल डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu