‘आप्पा’ बने दयाहाङ



अभिनेता दयाहाङ राईको प्रमुख भूमिका रहेको चलचित्र ‘आप्पा’ को फस्टलुक पोस्टर र प्रदर्शन मिति घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको जेठ २४ गतेलाई घोषणा गरिएको छ । पोस्टरमा दयाहाङ र एक प्रेम जोडी प्रस्तुत छन् ।

अनमोल गुरुङको डेब्यु निर्देशन रहेको चलचित्रमा दयाहाङ एक छोराको पिताको भूमिकामा छन् । चलचित्रको टाइटल क्यारेक्टरमा नै उनी छन् । नेपाल रिलिजको एक सातापछि भारतमा समेत प्रदर्शन हुने चलचित्रमा दयाहाङका अलावा तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको पनि प्रमुख भूमिका छ ।

रुदेन सादा लेप्चा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा माबो हाङ रहेका छन् । फिल्मको कथा निर्देशक स्वयंको हो । फस्टलुक पोस्टर सार्वजनिक कार्यक्रममा बोल्दै बरिष्ठ निर्देशक तथा कलाकार तुलसी घिमिरेले नयाँ पुस्तासँग काम गर्न पाउँदा धेरै कुरा सिक्न पाएको बताए ।

अभिनेता दयाहाङले चलचित्रमा पितासँगै ड्राइभरको भूमिका निभाएको बताए । आफूले गरेका फिल्मभन्दा दर्शकलाई ‘आप्पा’ फरक लाग्ने उनको विश्वास छ । निर्देशक गुरुङले दिमागमा जन्मिएको कन्सेप्टलाई पर्दामा उतार्न वर्षौसम्म आफू ‘दिवाना’ भएर भौतारिएको सम्झन्छन् ।

निर्देशक गुरुङ र उमेश उपमाको स्क्रिनप्ले रहेको चलचित्रमा सैकत देवको ब्याकग्राउन्ड स्कोर छ । शैलेन्द्र डि. कार्कीले फिल्म खिचेका हुन् । चलचित्रको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu