श्रीमान करणभन्दा ७ गुणा धनी बिपाशा बासु



अभिनेत्री बिपाशा बासु पछिल्लो समय बलिउड चलचित्र उद्योगबाट टाढा भएकी छिन् । ‘राज’, ‘जिस्म’ जस्ता सुपरहिट चलचित्रमा काम गरिसकेकी विपशाले सन् २०१५ मा श्रीमान करण सिंह ग्रोवरका साथ फिल्म ‘एलोन’ मा देखिएकी थिइन् । त्यसयता यो जोडी चलचित्रको दुनियाँबाट टाढा रहेको छ । यो जोडीलाई बेलाबेलामा भने विदेश भ्रमण, रेष्टुरेन्ट तथा कुनै कार्यक्रमहरुमा सँगै विताइरहेका तस्बिरहरु तथा भिडियोहरु सार्वजनिक भइरहन्छन् ।

सन् २०१६ मा आफूभन्दा जुनियर करण सिंह ग्रोवरसँग विवाह गरेकी विपाशा फिल्ममा कामको अनुभव, उमेर वा सम्पत्ति धेरै कुरामा करणभन्दा सिनियर हुन् । एक अर्बभन्दा धेरै सम्पत्तिकी मालिक विपाशा उनका श्रीमान भन्दा ७ गुणा धनी रहेको समाचार माध्यमले जनाएको छ ।

एक भारतीय वेबसाइटका अनुसार बिपाशा बासु करीब १ सय ७२ करोड ८ लाख रूपैयाँ बराबरको सम्बपत्ति छ भने उनका श्रीमानसँग जम्मा २३ करोड २ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ ।

विपशा फिल्म उद्योगबाट टाढा रहेपछि उनी कयौं मल्टिनेशनल कम्पनीको विज्ञापन तथा स्टेज शोहरुमा समेत काम गरिरहेकी छिन् । उनी प्रति स्टेज शो को २ करोड रुपैयाँ पारिश्रमिक लिने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu