डबिङमा सलिनमानको ‘यात्रा’



डेब्यु चलचित्र ‘ए मेरो हजुर २’ मार्फत नै राइजिङ स्टारको ट्याग पाएका सलिनमान बनियाँ पछिल्लो समय चलचित्र ‘यात्रा : अ म्युजिकल भ्ल्ग’ को डबिङमा व्यस्त छन् । दोस्रो चलचित्रमार्फत् आफ्नो स्टारडम झनै बढाउने गरि काम गरिरहेका सलिनको डबिङसँगै काम अन्तिम चरणमा पुगेको छ । चकलेटी फेस अनि कोरियन लुक्स भएका कारण उनका फ्यान स्वदेशसँगै विदेशमा पनि उतिकै छन् ।

उनि प्राय पब्लिक हुँदैनन्, यसैले गर्दा पनि उनको गतिविधिमा फ्यानसँगै मिडियाकर्मीको पनि चासो हुने गर्छ । सलिन चलचित्रमा भ्ल्गरको भूमिकामा छन् । उनको अपोजिटमा मल्लिका महत्त छिन् । सलिन दोस्रो चलचित्रलाई लिएर निकै उत्साहित रहेको बताउँछन् । उनको डबिङसँगै ‘यात्रा’ को काम अन्तिम चरणमा पुगेको छ । यो चलचित्रको लामो समय सुटिङ चलेको थियो ।

चलचित्रमा सलिनले गरेको डान्स र फाइटको यतिबेला टिमभित्र चर्चा छ । निर्देशक सम्राट शाक्यले आफूलाई बेस्ट देखाउन सलिनले कुनै कसर बाँकी नराखेको बताए । ‘हामीले चलचित्रमा जर्नीको क्रममा आउने घटनाक्रमलाई देखाउने कोसिस गरेका छौं’ उनी भन्छन्, ‘सलिनको फ्यानले चाहे अनुरुप नै प्रस्तुत गरेका छौं ।’ चलचित्रको डबिङ गरिरहेका सलिन पनि खुसी छन् । उनले डबिङकै क्रममा फिल्म पनि हेरिरहेका छन् । ‘रमाइलो भइरहेको छ’ उनी भन्छन्, ‘दोस्रो चलचित्रमा आइपुग्दा आफूलाई झनै परिपक्व बनाउदैछु ।’


नेपालमा चलेका कलाकारलाई एउटा चलचित्र निर्माण भइसकेपछि अर्को फिल्म गर्न हतार भइहाल्छ । तर, सलिनलाई कुनै हतार छैन । ‘यात्रा’ पछि कुन चलचित्र गर्ने उनी स्वयंलाई थाहा छैन । उनी आफूलाई सुहाउँदो रोल अफर आओस् भन्ने चाहन्छन् । ‘यात्रा’ मा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्यलगायतको अभिनय छ ।

विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । चलचित्रमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह-निर्माता छन् । चलचित्रमा कथा निर्देशक स्वयंको छ । संजय लामाको छायांकन रहेको चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu