‘मारुनी’ मा साम्राज्ञी र रेविकासँग बाँधियो पुष्पलको जोडी



निर्मात्री पुनम गौतमको निर्माणमा निर्देशक नवल नेपालले निर्देशन गर्ने चलचित्र ‘मारुनी’ को औपचारिक निर्माण घोषणा गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको फरक शैलीमा घोषणा गरिएको थियो । कास्ट एण्ड क्रियुलाई र्‍याम्पमा उतारिएको छ ।

यस चलचित्रमा साम्राज्ञी आरएल शाह, अभिनेता पुष्पल खड्का र नव अभिनेत्री रेविका गुरुङको लिड रोल रहने छ । माघ दोस्रो साताबाट छायांकन आरम्भ हुने चलचित्रले दुई सुन्दरी युवतीको कथा भन्ने निर्देशक बताउँछन् । घोषणा सभामा चलचित्रको फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको थियो ।

गोविन्द फुँयालको कथा रहेको चलचित्रमा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । हाल ‘ए मेरो हजुर ३’ खिचिरहेका सञ्जय लामाले चलचित्र खिच्नेछन् । काठमाडौं र बाँके लगायतका स्थानमा छायांकन हुने चलचित्रको टाइटलले कुनै नाचसँग सरोकार नराख्ने निर्देशक नेपाल बताउँछन् । मगर भाषामा गुन्ह्युचोली लगाएर नाच्ने पुरुषलाई मारुनी भन्ने प्रचलन छ ।

‘जबसम्म कथाले मुटु छुदैन, मुटु दुख्दैन या मुटु हाँस्दैन भने तपाई ब्रह्माण्डबाट जे सुकै ल्याउनुस् त्यो चलचित्र सफल हुँदैन’, चलचित्र राम्रो हुन कन्टेन्टको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै निर्देशक नेपालले भने, ‘‘मारुनी’ लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राख्ने छैनौं ।’’


त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको चलचित्रमा पुष्पलले साम्राज्ञी र रेविकासँग रोमान्स गर्नेछन् । तीनै स्टार्स फिल्मलाई लिएर उत्साहित देखिएका छन् । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा निर्मात्री पुनमलाई अजय पोखरेल र राजा प्रधानले लगानीमा सहकार्य गरेका छन् ।

यसमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu