‘चौका दाउ’ ट्रेलरमा बर्षाको पछि लागे चार अर्धबैशे पुरुष



पौष २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को अफिसियल ट्रेलर लञ्च भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिम र कलाकारको उपस्थितिमा चलचित्रको कमेडीले भरिएको ट्रेलर सार्वजनिक गरियो । एक युवतीप्रति चार अर्धबैशे पुरुष आकर्षित हुँदा आइपर्ने समस्यालाई ट्रेलरमा दर्शाइएको छ ।

ट्रेलरमार्फत पात्र परिचय पनि दिइएको छ । अभिनेत्री बर्षा राउतलाई आफ्नो स्वार्थका लागि अर्धबैशे पुरुषलाई फसाउने पात्रको रुपमा चित्रण गरिएको छ । उनी ‘उवर्शी’ को भूमिकामा छिन् । रविन्द्र झा ‘भूपति’, विल्सन विक्रम राई ‘धन बहादुर’, सन्तोष पन्त ‘छविराज’ र तैयव शाहले ‘हुस्सैन काजी’ को भूमिका निभाएका छन् । पुर्नेन्दु झा यस चलचित्रका निर्देशक हुन् ।


ट्रेलर रिलिज कार्यक्रममा निर्देशक झाले समाजभित्रकै कथालाई पर्दामा उतारिएको बताए । यसअघि उनले पोलिटिकल जनराको चलचित्र ‘संरक्षण’ निर्देशन गरेका थिए । ‘चौका दाउ’ को कथा बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बाँस्कोटाको हो । दिर्घ गुरुङले खिचेको चलचित्रमा मित्र डि.गुरुङको सम्पादन रहेको छ ।

सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निर्माण रहेको चलचित्रमा निर्मल शर्मा, अजाश्र ढुङ्गानालगायतका कलाकारहरुको पनि अभिनय छ । रोशन श्रेष्ठको द्वन्द्व रहेको चलचित्रमा बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, मनोजराज भण्डारीको ब्याकग्राउन्ड स्कोर, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, अभिमन्यू निरवीको स्क्रिनप्ले छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu