‘गोपी’ मा विपिनको यस्तो लुक्स



माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता विपिन कार्की स्टारर चलचित्र ‘गोपी’ चार अफिसियल पोस्टर सार्वजनिक गरेको छ । फिल्मको थिम अनुसार पोस्टर तयार पारिएको छ । पोस्टरमार्फत् अभिनेता विपिनको पेशा प्रस्ट्याउन खोजिएको छ । उनी चलचित्रमा स्मार्ट गाई पालक युवकको भूमिकामा रहेको सजिलै बुझ्न सकिन्छ ।


चार पोस्टरमध्ये एकमा विपिनसँगै फिल्मका दुई लिड अभिनेत्री बर्षा राउत र सुरक्षा पन्त पनि फिचर्ड छन् । पोस्टर नियाल्दा अभिनेत्री राउत भेटनरी डाक्टर र सुरक्षा प्रेमिकाको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । ‘घामपानी’ फेम्ड निर्देशक दीपेन्द्र लामाले फिल्म निर्देशन गरेका हुन् । उनी सञ्चारकर्मी पनि हुन् ।

चलचित्रले नीजि व्यवसाय गर्ने क्रममा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका वावजुत सफलता हात पार्ने एक युवाको कथा बोल्ने बताइएको छ । आरोही केसी निर्माता रहेको चलचित्रमा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu