‘शुभ लभ’ पोस्टर हरिहर र कृष्टिनको यस्तो केमेस्ट्री



युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु चलचित्र ‘शुभ लभ’ फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चैत १५ गतेलाई रिलिज डेट लक गरिएको चलचित्रको पोस्टरमा नव-अभिनेत्री कृष्टिन पौडेलसँग हरिहरलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । फिल्मलाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।


‘शुभलभ’ मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । निर्माता उदय फिल्ममा अतिथी कलाकारको रुपमा देखिनेछन् ।

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu