‘क्याप्टेन’ को ‘रहर छ सँगै’ गीत शिर्ष स्थानमा



बिहीबार दिउँसो साढे ३ बजे रिलिज भएको अभिनेता अनमोल केसी र नव-अभिनेत्री उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘क्याप्टेन’ को पहिलो गीत ‘रहर छ सँगै…’ गीतले अहिले युट्युबमा आक्रामक हिट्स पाइरहेको छ । रिलिजको ८ घण्टामा नै उक्त गीतले नेपालको युट्युब ट्रेन्डिङको शिर्ष स्थान ओगटेको छ ।

अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहेको गीतमाथि यो समाचार तयार पार्दासम्म साढे ३ लाख बढीको नजर परिगीत हेर्नुहोस् :-
सकेको छ । २१ हजार लाइक्स पाइसकेको गीतलाई साढे ३ हजार बढी कमेन्ट मिलेको छ । कमेन्टमा अधिकांशले गीतलाई हलिउड/बलिउडसँग तुलना गरेका छन् । अनमोल र उपासनाको केमेस्ट्रीलाई उतिक्कै रुचाइएको छ ।

अभिनेता/अभिनेत्रीको केमेस्ट्र्री, छायांकन, लोकेसन, कोरियोग्राफी, गायन, संगीत, शब्दको प्रशंसाले केमेन्ट बक्स भरिएका छन् । गीतले नै फिल्मको हाइप लोभलाग्दो तरिकाले निर्माण गरेको छ । यसको प्रभाव बक्सअफिस कलेक्सनमा देखिने फिल्मी पण्डितहरुको अनुमान छ । गीतमा अर्जुन पोखरेलको संगीत र दिग्गज धौरालीको शब्द छ ।

दीवाकर भट्टराई निर्देशित चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मका निर्माता भुवन केसी हुन् । कथा सामिप्यराज तिमल्सिनाको हो । उक्त चलचित्रमा चन्द्र पन्तको द्वन्द्व छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu