दोस्रो सातामा ‘प्रसाद’, एक हप्तामा कति कमायो ?



गएको शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’ ले दोस्रो सातामा आफ्नो उपस्थिति जनाएको छ । प्रदर्शनको एक हप्तामा चलचित्रले घरेलु बजारबाट २ करोड ग्रस कलेक्सन गरेको रिपोर्ट निर्माताबाट प्राप्त छ । प्रदर्शनको दुई दिन आक्रामक व्यापार गरेको चलचित्रको त्यसयता औसत रह्यो ।

चलचित्रले प्रदर्शनको दुई दिनमा नै एक करोड छापेको थियो । शुक्रवारबाट दोस्रो सातामा प्रदर्शन थालेको चलचित्रले निःसन्तान दाम्पतीको कथाव्यथा भनेको छ । दर्शक तथा समीक्षकले फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।


विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको प्रमुख भूमिका रहेको चलचित्रले दोस्रो हप्तामा पनि मल्टिप्लेक्स र सिंगल ‘स्कृन’ मा आफ्नो पकड कायमै राखेको छ । दर्शकको ‘फ्लो’ सुखद रहेका कारण मल्टिप्लेक्सले दोस्रो सातामा पनि उच्च सोज बढेको छ । सिंगल ‘स्कृन’ पनि प्रयाप्त रहेको वितरक बताउँछन् ।

कलाकारको अभिनय र कथावस्तुका कारण चलचित्र शक्तिशाली बनेको दर्शकले प्रतिक्रिया दिएका छन् । अभिनेता विपिनको अभिनयको सबैभन्दा बढी प्रशंसा भएको छ । ‘वर्ड अफ माउथ’ सुखद रहेकाले दोस्रो सातामा पनि दर्शकको साथ पाउने निर्माण टिमको विश्वास छ । यस फिल्मको सिंगलभन्दा मल्टिप्लेक्सको व्यापार राम्रो छ ।

दिनेश राउत निर्देशित चलचित्रको कथा सुशील पौडेलले लेखेका हुन् । सुवास थापा निर्माता रहेको चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको चलचित्रमा विकास सुवेदी सह-निर्देशकका रुपमा छन् । सुवाष भुषालको संगीत रहेको चलचित्रमा हिमाल केसीको थ्रिल छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu