स्वस्तिमाको ‘बुलबुल’ टिजर सार्वजनिक (भिडियो)



अभिनेत्री स्वस्तिमा खडका टेम्पो ड्राईभरको भुमिकामा रहेको चलचित्र ‘बुलबुल’ को टिजर सार्वजनिक भएको छ । चलचित्रको एक दृश्यजस्तो लाग्ने टिजरमा स्वस्तिमाको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ ।

नव-नायक मुकुन भुषालको अभिनय पनि स्वाभाविक र दमदार देखिएको छ । टिजरमार्फत् चरित्र चित्रण र चलचित्रको कथावस्तु प्रस्ट्याउन खोजिएको छ । टिजर हेर्दा चलचित्रमा केही पृथक कुरा छ भन्ने अनुमान गर्न सकिन्छ । यो चलचित्र आगामी फागुन ३ गते प्रदर्शनमा आउँदैछ ।


निर्देशक विनोद पोडेल चलचित्रमार्फत् स्वस्तिमाको अभिनयमा नयाँ अवतार देखिने दाबी गर्छन् । नायिका खडकाले पनि यस चलचित्र आफनो करियरकै कोशेढुंगा हुनेमा ठूलो आशा राखेको बताएकी छन् । अविरल थापाले फिल्म निर्माण गरेका हुन् । ‘बुलबुल’ का कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् ।

चलचित्रमा स्वस्तिमा र मुकुनका अलावा बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे,उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । चलचित्रको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।

टिजर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu