‘प्रसाद’ को ‘बरै क्यारी बाँचौंला’ गीत रिलिज (भिडियो)



चलचित्र ‘प्रसाद’ को तेस्रो गीत रिलिज भएको छ । शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको चलचित्रको सार्वजनिक ‘बरै क्यारी बाँचौंला…’ गीतमा नेपाल आइडलका प्रतिस्पर्धी विक्रम बरालको स्वर छ । शब्द तथा संगीत सुवास भुषालको छ ।

गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठको निराशा, छटपटी र रोदन देखाउन खोजिएको छ । चलचित्रमा कथाको मर्म अनुसार निर्देशकले गीतलाई स्थान दिएका छन् । प्रदर्शनको एक हप्तामा २ करोड ग्रस विजनेश गरेको चलचित्रले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

समीक्षकले यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये यसलाई सर्वोत्कृष्ट भनेका छन् । कलाकारको अभिनय र सरल कथामा उत्कृष्ट प्रस्तुतीका कारण हल पुगेका दर्शक निराश भएर फर्किएका छैनन् । यसमा अभिनेता निश्चल बस्नेतको पनि अभिनय छ ।

दिनेश राउत निर्देशित ‘प्रसाद’ लाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको चलचित्रमा विकास सुवेदी सह-निर्देशकका रुपमा छन् । चलचित्रमा हिमाल केसीको थ्रिल छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu