‘जात्रै जात्रा’ फागुन १७ मा नआउने, ‘क्याप्टेन’ सँग ‘दि ब्रेकअप’ भिडन्त पक्का



फागुन १७ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘जात्रै जात्रा’ नआउने कन्फर्म भएको छ । नायक विपिन कार्की दुर्घटनामा परेर घाइते भएपछि लगभग एक महिनाका लागि छायांकन रोकिएपछि चलचित्र पूर्वनिर्धारित मितिमा प्रदर्शनमा आउन नसकेको हो । यो मितिमा अनमोल केसीको ‘क्याप्टेन’ रिलिज हुँदैछ ।

अब यो चलचित्रसँग हेमराज विसी निर्देशित चलचित्र ‘दि ब्रेकअप’ आउने पक्का भएको छ । पुष २७ बाट चलचित्रको रिलिज डेट फागुन १७ लाई निर्माण टिमले घोषणा गरेको छ । निर्देशक विसीले चलचित्रमा समावेश हुने २० प्रतिशत भिएफएक्सको कामलाई समय अभाव भएकाले रिलिज हेरफेर गर्नु परेको बताए ।


उनी भन्छन्, ‘आवश्यक प्रचार प्रसारमा पनि समय निकाल्न नसकेकोले रिलिज सार्न बाध्य भयौँ, फागुन १७ बाहेक उपयुक्त डेट भेटेनौँ ।’ उक्त मितिमा प्रयाप्त बिदा भएको र विदामा नेपाली बजारले दुई चलचित्र धान्ने उनी बताउँछन् ।

‘दि ब्रेकअप’ लभस्टोरी फिल्म हो । चलचित्रमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, इच्छा कार्की, सरोज खनाल, रेमनदास श्रेष्ठ लिड अभिनयमा छन् । निर्देशक बिसीसँगै रुपक थापा, दीपक खतिवडा र रेणु राणाले चलचित्रलाई निर्माण गरेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्रको छायाँकन नरेन्द्र मैनालीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu