‘हजार जुनीसम्म’ को गीतमा दीपाश्रीदेखि स्वस्तिमासम्मको ठुम्का (फोटोसहित)



अभिनेता आर्यन सिग्देलले पिताको भूमिका निर्वाहा गर्न लागेको चलचित्र ‘हजार जुनीसम्म’ को आइतबारबाट छायांकन सुरु भएको छ । चलचित्रको छायांकन एक गीतबाट भएको छ । लोक फ्लवेरको गीतमा निर्देशक दीपाश्री निरौला, अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता आर्यन सिग्देललगायतले कम्मर कर्माएका छन् ।


निर्देशक निरौला भने हाल छायांकन भइरहेको गीतमा मात्र देखिनेछिन् । उनी गीतमा भट्टी साहुनीको भूमिकामा छिन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का, निरुता सिंह, सलोन बस्नेत, शिवहरी पौडेल, उत्तम केसीलगायतका कलाकारहरुको अभिनय रहने छ ।


यस चलचित्रबाट हिरोको रुपमा अक्की प्रधानले डेब्यु गरेका छन् । फिल्ममा अक्की, आर्यनको छोराको भूमिकामा देखिनेछन् । उनको जोडी अभिनेत्री स्वस्तिमासँग बाँधिएको छ । ५० दिनसम्म खिचिने चलचित्रलाई सिक्किमका सिएम पवन चाम्लिङका जेठा छोरा विशाल चाम्लिङले निर्माण गर्न लागेका हुन् ।

१२ दिने नेपाल छायांकन सकेपछि चलचित्रको बाँकी छायांकन सिक्किममा हुने निर्देशक आचार्यले बताए । बालाजुस्थित एनएफडिसी स्टुडियोमा भइरहेको गीत छायांकनमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै दीपाश्रीले आफूलाई गीत मनपरेका कारण नृत्य गर्न राजी भएको बताइन् ।


कलाकार शिवहरीले निर्देशक आचार्यसँग काम गर्ने इच्छा पूरा भएकोमा खुसी व्यक्त गरे । नव-नायक अक्की डेब्यु चलचित्रमा चलेका कलाकारसँग काम गर्न पाउँदा भाग्यमानी महशुस गरेको बताउँछन् । बुबा र छोराको कथामा बन्न लागेको चलचित्रको कथा सामिप्यराज तिमिल्सना र निर्देशक आचार्यको हो ।

बसन्त सापकोटा, राजनराज सिवाकोटीको संगीत रहने चलचित्रमा स्वस्तिमाले सिक्किमकी एक युवतीको भूमिका निर्वाहा गर्दैछिन् । उनी आफ्नो भूमिकालाई लिएर उत्साहित देखिन्छिन् । यसअघि उनी निर्देशक आचार्यको ‘नाइँ नभन्नू ल ५’ मा लिड रोलमा थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu